काठमाडौं– मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज आयोजना स्थल अम्बाथान पुगेर पानी पथान्तरणको उद्घाटन गरेका हुन्। गत असार १ गते को बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो।
सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौं पु¥याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौंमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्न सक्ने आयोजनाले बताएको छ।
गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको थियो।
परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो।
सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।