• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : लडखडाएको चेन्नई र डु प्लेसिसले उकासेको बैंग्लोर

64x64
नेपाल लाइभ मंगलबार, चैत २९, २०७८  ०८:०९
1140x725

काठमाडौं–  इन्डियन प्रिमियर लिग (आईपीएल)मा अन्तिम पटक सन् २०१० मा चार पटकको उपाधि विजेता चेन्नई सुपर किंग्सले लगातार चार खेलमा हार बेहोरेको थियो। यो दोस्रो पटक हो, चेन्नईले करिब १२ वर्षपछि लगातार चार खेलमा हार व्यहोरेको।

१० टोली सहभागी प्रतियोगितामा सबै खेल निक्कै महत्वपूर्ण हुन्छन्। तर, अनुभवी ब्याटरको कमी देखिएको चेन्नईले हालसम्म जित निकाल्न सकेको छैन। यस्तो अवस्थामा चेन्नईभन्दा रोयल च्यालेन्जर्स बैंग्लोर अगाडि छ, जसले पूर्वचेन्नई खेलाडी फाफ डु प्लेसिसको कप्तानीमा चारमध्ये तीन खेल जितेको छ।

चेन्नईको ब्याटिङमा डु प्लेसिसको कमी प्रष्ट देखिन्छ। रोबिन उथप्पाले राम्रो सुरुआत गर्ने सक्दो प्रयास गरिरहेका छन्, तर ऋतुराज गायकवाडको खराब फर्मका कारण चेन्नईले आफूलाई बलियो स्थानमा उभ्याउन सकेको छैन।

अघिल्लो खेलमा सनराइजर्स हैदरावादसँगको हारपछि प्रशिक्षक स्टिभन फ्लेमिङले हरेक डिपार्टमेन्टले गल्ती गरेको र टोलीको आत्मविश्वासको कमी भएको स्वीकार गरेका थिए।

चेन्नईले ७औं र १६ औं ओभरको बीचमा ७ रनरेटभन्दा अलि माथि पुगेर रन बनाएको छ, जुन यस चरणमा पाँच पटकको उपाधि विजेता मुम्बई इन्डियन्सको भन्दा राम्रो छ। तर, सोही ओभरमा बैंग्लोरले ९.१३ रनरेटमा रन बनाएको छ, जुन लिगका सबै टोलीहरूमध्ये दोस्रो उत्कृष्ट अंक हो।

यद्यपि, मोहम्मद सिराज र सम्भवतः हर्षल पटेलको स्थान लिने सिद्धार्थ कौलविरूद्ध  चेन्नईका गायकवाड, अम्बाती रायडु र महेन्द्रसिंह धोनी जस्ता खेलाडीको रेकर्ड धेरै राम्रो छ। धोनीले सिराज र सिद्धार्थको बलमा १८२ र १७२ को स्ट्राइक रेटमा रन बनाएका छन्।

तर, चेन्नईको समस्या बलिङमा पनि छ। चेन्नईले अहिलेसम्म पावरप्लेमा मात्र एक विकेट लिएको छ र प्रतिओभर ८.६२ रन दिएको छ। अर्कोतर्फ, बैंग्लोरले पावरप्लेमा ४ विकेट मात्र लिएको छ, तर उसको रनरेट ८ भन्दा कम छ। यता ब्याटिङमा अनुज रावतबाहेक, डु प्लेसिस, विराट कोहली, शाहबाज अहमद र दिनेश कार्तिक पनि राम्रो फर्ममा देखिएका छन्।

सम्भावित ११
चेन्नई सुपर किंग्स: रोबिन उथप्पा, ऋतुराज गायकवाड, मोइन अली, अम्बाती रायडु, शिवम दुबे, रवीन्द्र जडेजा (कप्तान),  महेन्द्रसिंह धोनी (किपर), ड्वेन ब्राभो, ड्वेन प्रिटोरियस, क्रिस जोर्डन, मुकेश चौधरी/तुषार देशपान्डे

Ncell 2
Ncell 2
nimb
nimb

रोयल च्यालेन्जर्स बैंग्लोर: फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (किपर), शाहबाज अहमद, जोस हेजलवुड/डेभिड विली, वानिन्दु हसरंगा, सिद्धार्थ कौल, मोहम्मद सिराज, आकाश दीप

बैंग्लोर र चेन्नईबीच २८ खेल भएका छन्। चेन्नईले १८ र बैंग्लोरले ९ खेलमा जित निकालेको छ। सन् २०१८ यता चेन्नईले ६ पटक खेल जितेको छ। तर, यो सिजनको फर्मलाई हेर्दा बैंग्लोरले यो कीर्तिमानमा सुधार गर्न सक्ने देखिन्छ। 

रणनीतिक बिन्दु
भानिन्दु हसरङ्गाले अहिलेसम्म ८ विकेट लिएका छन् भने ७ विकेट दाहिने हाते ब्याट्सम्यानविरुद्ध हुन्। उनको इकोनोमी ९ पुगेको छ। चेन्नईमा मोइन, जडेजा र शिवम दुबे जस्ता तीन जना ब्याट्सम्यान छन्, जो दाहिने हाते हुन्। शिवमले यो सिजन दुईवटा ठूला इनिङ्स खेलेका छन् र दुवै खेलमा उनी पहिलो ८ ओभरमा ब्याटिङ गर्न आएका छन्। 

आईपीएल २०२१ देखि स्पिनविरूद्ध उनको स्ट्राइक रेट १३५ छ र १२ इनिङ्समा ३ पटक मात्रै स्पिनको शिकार भएका छन्। यस्तो अवस्थामा हसरङ्गाविरुद्ध थप ओभर ब्याटिङ गर्दै नियन्त्रणमा ल्याउने जिम्मेवारी उनलाई दिन सकिन्छ।

यता, यस वर्ष चेन्नईका लागि मोइन अली उत्कृष्ट लयमा रहेका छन् र उनले एक शून्यबाहेक बाँकी दुई इनिङ्समा ४८ र ३५ रन बनाएका छन्। बैंग्लोरले चेन्नईका ओपनरलाई छिट्टै प्याभिलियन पठाएर मोइनलाई रोक्ने प्रयास गर्नेछ। यस्तो अवस्थामा ग्लेन म्याक्सवेलको प्रयोग गर्न सकिन्छ। अफ स्पिनर म्याक्सवेलले बायाँ हाते मोइनलाई टी२० आईको ४ इनिङ्समा २ पटक आउट गरेका छन्। यस अवधिमा मोइनले म्याक्सवेलविरुद्ध मात्र ७३ को स्ट्राइक रेट र ५.५ को औसतमा रन बनाउन सकेका छन्।

यो खेल मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिने छ, जहाँ यस सिजनमा ८७ छक्का प्रहार भएका छन्। दुवै टोलीमा फाफ डु प्लेसिस, म्याक्सवेल, मोइन, रविन्द्र जडेजा, विराट कोहली, दिनेश कार्तिक र महेन्द्र सिंह धोनीजस्ता आक्रामक ब्याट्सम्यानको साथ मैदान उत्रिने छन्। त्यसैले यो खेलमा छक्काको वर्षा हुने अनुमान गरिएको छ। यसअघि २०१८ मा दुई टोलीबीचको खेलमा ३३ छक्का प्रहार भइसकेका छन्, जुन आईपीएलमा संयुक्त रूपमा सबैभन्दा बढी छक्का प्रहार भएको खेल हो।

योसँगै धोनीले बैंग्लुरुविरुद्ध २९ इनिङ्समा ४६ छक्का प्रहार गरेका छन्। बैंग्लोरका पूर्वकप्तान विराट उनलाई पछ्याइरहेका छन्। उनले चेन्नईविरुद्ध २७ इनिङ्समा ३६ छक्का प्रहार गरेका थिए, जुन येलो आर्मी विरुद्ध कुनै पनि खेलाडीको दोस्रो सर्वाधिक छक्का हो।

कप्तानी छाडेका दुवै खेलाडी रनका हिसाबले एकअर्काको टोलीसँग भारी छन्। विराटले चेन्नईविरुद्ध ४१.२ को औसत र १२७ को स्ट्राइक रेटमा ९ अर्धशतकको मद्दतले सबैभन्दा बढी ९४८ रन बनाएका छन्। यता, धोनीले पनि बैंग्लुरुविरुद्ध २९ इनिङ्समा १४१ को स्ट्राइक रेटमा ४ अर्धशतक बनाएका छन् भने ४१.८ को औसतमा  ८३६ रन बनाएका छन्।
 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्