काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२०आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लिएको हो। नेपाल यसै साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक टी२० आई सिरिजमा च्याम्पियन बनेको थियो।
नेपालले पछिल्ला १० टी२० आई खेल मध्ये ९ खेलमा जित हात पारेको छ। त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले पाँच खेलमा नै जित हात पारेको थियो।
नेपाल भन्दापछि युएई १३औं, स्कटल्यान्ड १४औं र आयरल्यान्ड १५औं स्थानमा छन्। यता, भारत टी२० आई वरियतामा शीर्ष स्थानमा छ।
इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र न्यूजिल्यान्ड चौथो स्थानमा छ। २०२१ को टी२० विश्वकप च्याम्पियन अस्ट्रेलिया भने छैटौं स्थानमा छ।
ओडिआई वरियतामा भने नेपाल १८औं स्थानमा छ। न्यूजिल्यान्ड शीर्ष स्थानमा छ। टेस्टमा भने अस्ट्रेलिया शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।