काठमाडौं– त्रिभुवन आर्मी क्लबले प्रो–क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
आइतबार भएको खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले हराउँदै आर्मीले लगातार दोस्रो जित हात पारेको हो।
९७ रनको सामान्य लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। आर्मीको जितमा रोहित पौडेल ४१ रनमा अविजित रहे। उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यता, भीम सार्की १४ रनमा अविजित रहे। ओपनर हरि चौहान २४ र सन्तोष कार्की ५ रनमा आउट भए। एकेडेमीले सन्दीप कुमार र मोहम्मद उमरले १–१ विकेट लिए।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९६ रन बनायो।
अबिदुर कैफले सर्वाधिक २३ रन बनाए। उत्तम मगरले १६ , आशिष रत्नम १० र मोहम्मद मोसहरार्फ १५ रन बनाए।
आर्मीका बायाँ हाते स्पिनर कुशल मल्लले ३ विकेट लिए। सुशान भारी र सोमपाल कामीले २/२ तथा साहब आलमले १ विकेट लिए।
आर्मीले पहिलो खेलमा नेपाल एपीएफ क्लबलाई ५१ रनले हराएको थियो। एकेडेमी भने उत्तर प्रदेश क्लब–११ सँग ८ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।