काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त भएका छन्। उनले १६ अप्रिलबाट जिम्मेवारी सम्हाल्ने क्यानले जनाएको छ।
खनालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था/विश्वविद्यालय, अनौपचारिक क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गरिसकेका छन्।
क्यानले १ फेब्रुअरीमा महाप्रबन्धक पदको लागि आवेदन मागेको थियो।
उक्त पदका लागि ३४ जनाले आवेदन दिएका थिए। महाप्रबन्धक छनोट गर्न गठित समितिले मार्च २७, २०२२ मा छनोटमा परेका ९ जना उम्मेदवारहरूको अन्तिम अन्तर्वार्ता लिएको थियो।
यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि आवेदन माग गरेको थियो।
भैरहवामा माघ १३ मा भएको क्यान बोर्ड बैठकले रौनक मल्लको म्याद नथप्ने निर्णय गरेपछि महाप्रबन्धक पद खाली थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।