काठमाडौं– श्रीलंकाको वर्तमान राजनीतिक अस्थिरताका कारण एसिया कप २०२२ क्रिकेट प्रतियोगिता अर्को देशमा सारिने सम्भावना बढेको छ।
श्रीलंकामा बढ्दो राजनीतिक र आर्थिक संकटको कारण प्रतियोगिता सारिने सम्भावना बढेको हो।
यसअघि एसिया कप २०२२ दुई पटक स्थगित भएको थियो।
आइतबार दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को त्रैमासिक बैठकमा यस विषयमा छलफल हुनेछ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष रमिज राजा र प्रमुख कार्यकारी फैसल हसनैन बैठकमा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।