काठमाडौं– युवा ब्याटर रोहित पौडेलको अर्धशतकीय इनिङ्समा त्रिभुवन आर्मी क्लबले प्रो–क्लब च्याम्पियनसिपमा नेपाल एपीएफ क्लबलाई १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ।
अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा सिद्धार्थ क्रिकेट रंगशाला भैरहवा जारी खेलमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनायो।
आर्मीका रोहित सर्वाधिक ८० रनमा अविजित रहे। उनले ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यता, भीम सार्की २२ र कप्तान विनोद भण्डारी १९ रनमा आउट भए।
ओपनर सन्तोष कार्की ७, राजेश पुलामी २, हरि चौहान र कुशल मल्ल शून्यमा आउट भए।
एपीएफका भुवन कार्की र किशोर महतोले २/२ विकेट लिए। अमर राउटेला र नन्दन यादवको नाममा १–१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।