काठमाडौं– गत महिनाको वेस्ट इन्डिज भ्रमणपछि बेन स्टोक्सको बायाँ घुँडाको चोट लागेको थियो। यसका कारण उनको यो महिनाको काउन्टी च्याम्पियनसिप खेल्ने सम्भावना समाप्त भएको छ।
यो सिरिजमा स्टोक्स धेरै पटक घाइते भएका थिए। तर, तीन टेस्ट म्याचमा कप्तान जो रुटले उनको सबैभन्दा धेरै प्रयोग गरे। यस्तो अवस्थामा उनले ९९ ओभर बलिङ गर्दै सात विकेट लिए।
उनले पहिलो टेस्टमा ४१ ओभर बलिङ गरे, जुन २०१६ यता सबैभन्दा धेरै ओभर हो। यस वर्षको सुरुमा एसेज सिरिजमा साइड स्ट्रेनका कारण उनलाई सावधानीपूर्वक बलिङ गराउने चर्चा थियो।
स्टोक्सले इंग्ल्याण्डको टेस्ट टोलीलाई बलियो बनाउन यस वर्षको आईपीएलको अक्सनमा आफ्नो नाम दिएनन्। जुन २ मा न्यूजिल्याण्डविरुद्धको टेस्ट सिरिज सुरु हुनुअघि उनले डरहमका लागि केही काउन्टी खेल खेल्ने योजना बनाएका थिए।
तर, गत हप्ता ‘राउण्ड द विकेट’ पोडकास्टमा उनले काउन्टी क्रिकेटमा फर्किन ढिलाइ भएको बारे भने, ‘वेस्ट इन्डिजमा मैले मेरो घुँडामा धेरै दुखाइ महसुस गरिरहेको थिएँ। पत्ता लगाउन स्क्यान गरें।’
इंग्ल्याण्डको क्रिकेट संघ (ईसीबी)ले उनको बायाँ घुँडा चोट लागेको पुष्टी गरेको छ।
यदि अगाडि कुनै समस्या छैन भने स्टोक्स ५ मे मा वर्सेस्टरशायरमा खेलको लागि तयार हुन सक्छ। यदि त्यसो भएन भने अर्को हप्ता डरहमले ग्ल्यामोर्गनको आयोजना गर्दा स्टोक्सले त्यो खेलबाट पुनरागमन गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।