काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फ्रेन्चाइज क्रिकेट टोली ललितपुर प्याट्रियट्सले अन्तर कलेज टी२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
द प्याट्रियट्स कप नाम दिइएको प्रतियोगिता आगामी शनिबारदेखि एक हप्तासम्म चल्ने आयोजक ललितपुर प्याट्रियट्स इन्टरनेशन प्रालिले बताएको छ।
प्रतियोगिताको पहिलो संस्करणमा ८ कलेजका टिमहरुले सहभागिता रहने जनाइएको छ। प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा खेलाइने छ।
जसका खेलहरु मुलपानीस्थित राष्ट्रिय खेलकुद परिषद्को क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको उपाधि विजेता टिमले उपाधिसँगै नगद एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।