काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
कोलकाताको जितमा अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले नायक बने। उनले १४ बलमै अर्धशतक प्रहार गर्दै कोलकाताको जित सुनिश्चित गरेका हुन्।
जितका लागि पाएको १ सय ६२ रनको लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो। कमिन्सले १५बलमा ५६ रनको विष्फोटक इनिङ खेले। कमिन्सले १४ बलमै अर्धशतक पूरा गरेका थिए।
उनले आईपीएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमानीसमेत बराबरी गरेका छन्। यसअघि सन् २०१८ मा पन्जाब किंग्सका लोकेश राहुलले दिल्ली क्यापिटल्सविरुद्ध पनि १४ बलमै अर्धशतक पूरा गरेका थिए।
कोलकत्ताको जितमा कमिन्ससँगै वैन्कटेस ऐय्यरले अर्धशतकीय इनिङ्स खेले। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २/२ विकेट लिए।
टस हारेरपहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। तिलक वर्माले अविजित ३८ रन जोड्दा केइरन पोलार्डले अविजित २२ रन बनाए।
कोलकाताका कमिन्सले २ तथा उमेश यादव र वरुण चक्रवर्तीले १/१ विकेट लिए।
यस जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ। जारी प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेका मुम्बई अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।