काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित चोभारमा रहेको सुख्खा बन्दरगाह उद्घाटन गरेका छन्।
असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन सकेको थिएन। मंगलबार प्रधानमनत्रीले शुभारम्भ गरेसँगै यो अब सञ्चालनमा आउने भएको छ।
सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने छ। भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने छ।
भारतबाट आउने सामानहरु काठमाडौं सुख्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पूरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमर सम्म पुग्ने व्यवस्था मिलाइने छ। हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।