• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

बंगलादेशले डरबन टेस्टमा अम्पायरिङबारे आईसीसीमा औपचारिक उजुरी गर्ने

64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  २२:३६
1140x725

काठमाडौं– बंगलादेशले डरबन टेस्टमा अम्पायरिङबारे आईसीसीमा औपचारिक उजुरी गर्ने निर्णय गरेको छ। बंगलादेश टोलीका अनुसार खेलको क्रममा मैदानमा रहेका अम्पायरहरूले धेरै अपिललाई बेवास्ता गरेका थिए। 

यससँगै बंगलादेश टोली आफ्नो गुनासोमा अत्यधिक गालिगलोच (स्लेजिङ))को पनि सामावेश गरेको छ। बंगलादेशले साउथ अफ्रिकासँगको एकदिवसीय सिरिज २–१ ले जितेको थियो। तर, त्यो सिरिजको क्रममा अम्पायरिङबारे बंगलादेशी टोलीले गुनासो गरेको थिए।

 पहिलो टेस्टमा ५३ रनमा अलआउट भएपछि २२० रनले हारेको टोलीलाई रिस उठाउने धेरै कुरा उत्पन्न गराइएको  बंगलादेश टोलीको भनाइ छ।

बीसीबीका प्रमुख सञ्चालक जलाल युनिसले भने, ‘हामीले एकदिवसीय सिरिजको क्रममा उजुरी दर्ता गराएका थियौं। त्यसपछि म्याच रेफ्रीले सुरुमा हाम्रा प्रबन्धक नफीस इकबालसँग दुर्व्यवहार गरे र हामीले लिखित उजुरी दर्ता गर्नुपर्‍यो।’

युनिसबाहेक टिम निर्देशक खालिद महमूद, छनोटकर्ता हबिबुल बशर र शकिब अल हसनले पनि डरबन टेस्टमा खराब अम्पायरिङको बारेमा आफ्नो आपत्ति जनाएका छन् र कप्तान मोमिनुल हकले पनि यसमा टिप्पणी गरेका छन्। 

‘स्लेजिङमा कुनै ठूलो कुरा छैन। तर, अम्पायरहरूले यसलाई पूर्णरूपमा बेवास्ता गरेको देखिन्छ। खेलमा अम्पायरहरू पक्कै पनि हाम्रो नियन्त्रणमा छैनन्। तर, शायद तटस्थ अम्पायरलाई फिर्ता ल्याउने समय आएको छ,’ उनले भने।

आइतबार चौथो दिनको खेल सकिएपछि महमुद र बसरले अम्पायरिङको स्तरप्रति असन्तुष्टि जनाएका थिए। व्यक्तिगत कारणले टेस्ट सिरिजबाट बाहिरिएका शकिबले पनि ट्वीटरमा तटस्थ अम्पायर फर्काउने कुरा गरेका छन्। दिनको अन्त्यमा तमिम इकबाल पनि अम्पायरसँग कुरा गरिरहेको देखिए।

बंगलादेशले आइतबार पहिलो दुई सत्रमा धेरै एलबीडब्ल्यूको लागि अपील गरेको थियो, जुन खारेज गरिएको थियो। पाँचौं ओभरमा बल डीन एल्गरको ब्याकफुटमा लागेपछि मराई इरास्मसले नटआउटको निर्णयलाई बंगलादेशले रिभ्यू मागेको थियो। तर, अफ स्टम्पमा हल्का सम्पर्कका कारण एल्गरलाई अम्पायरले बचाए।

Ncell 2
Ncell 2
nimb
nimb

दिनको १९औं ओभरमा, अम्पायर एड्रियन होल्डस्टकले सरेल आर्वीलाई लेग बिफोर दिन अस्वीकार गरे, जसलाई उनले थर्ड अम्पायरको निर्णयबाट सुधार गरेका थिए। 

२६औं ओभरमा कीगन पीटरसनलाई खालिद अहमदले स्टम्पको अगाडि क्याच आउट गराए। तर, उनी नटआउट भए। बल सिधै स्टम्पमा लागेको कुरा रिप्लेबाट बुझिएको थियो तर रिभ्यू नलिने मार टोलीले बेहोर्नुपरेको थियो।

चौथो दिन बिहानै इबादत हुसेनले आक्रोशित भएर एल्गरको दिशामा बल फ्याँकेपछि खेलमा धम्साधम्सीमा परिणत भएो थियो। त्यसपछि अम्पायर होल्डस्टकले हस्तक्षेप गर्नुपरेको थियो।

युनिसले पहिलो दिनको साइट स्क्रिनमा गडबडीका कारण खेल सुरु हुन ढिलो भएको पनि बताए। उनले भने, ‘यो खेलमा अम्पायरिङमा निरन्तरताको कमी देखिएको छ, पहिलो दिनदेखि सुरु भएको थियो। आधा घण्टाको ढिलाइ। त्यसबेलादेखि हामीले प्रारम्भिक अवस्थाको फाइदा उठाउन सकेनौं। यो समयको लागि उनीहरूले खाजा सत्रको अवधि बढाए, जुन सामान्यतया पहिलो सत्रमा हुन्छ।’

तर, दुवै टोलीले खेलअघि नै तय भएको नियमअनुसार खेलेको बुझिएको छ। युनिसले दक्षिण अफ्रिकी टोलीले आपत्तिजनक भाषा प्रयोग गरेको गुनासोलाई हल्का रूपमा लिएकोमा पनि आक्रोश व्यक्त गरे। 

उनले भने, ‘अफ्रिकी खेलाडीले महमुदुल हसन जोयलाई घेरेर धेरै कुरा सुनाए। जुनियर खेलाडी भएकाले जोयले केही बोल्न पनि सकेनन्। यो खेदजनक व्यवहार थियो र अम्पायरहरूले उनीहरुलाई रोक्नुको सट्टा गुनासो गर्नबाट रोकिरहेका थिए। दुबै तर्फबाट स्लेजिङ भयो। तर, यो आयोजक टोलीले सुरु गरेको हो। यो सही थिएन र हामी यसको निन्दा गर्छौं। हामीले अम्पायरको निर्णयलाई सर्वोपरि मान्नुपर्छ तर आईसीसीले पनि तटस्थ अम्पायर फिर्ता ल्याउनुपर्छ।’

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्