काठमाडौं– कीर्तिमानी एक हजार रन पूरा गर्ने दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टी २० आई सिरिजमा पपुवा न्यू गिनीविरुद्धको फाइनल खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन्।
नेपाललाई उपाधि दिलाउन दीपेन्द्रले अर्धशतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए। नेपाललाई जिताउन दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए।
यस्तै, ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट पनि लिए। जितका लागि १६८ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्यू गिनी १६.१ ओभरमा ११८ रनमा अल आउट भयो।
पपुवा न्यू गिनीका लागि सेसे बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए पनि जित दिलाउन सकेनन्।
यसअघि शनिबार मलेसियाविरुद्धको खेलमा पनि दीपेन्द्र प्लेयर अफ द म्याच घोषित भएका थिए।
नेपाललाई ८५ रनको जित दिलाउन दीपेन्द्रले शतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए। नेपाललाई जिताउन दीपेन्द्रले १ सय १० रनको शतकीय इनिङ्स खेल्नुको साथै २ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।