• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालले जित्यो त्रिकोणात्मक टी २० आई सिरिज 

64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  १५:४७
1140x725

काठमाडौं– दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा घरेलु टोली नेपालले त्रिकोणात्मक टी २० आई सिरिज जितेको छ। सोमबार भएको फाइनल खेलमा पपुवा न्यू गिनीलाई ५० रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा दोस्रोपटक सिरिज जितेको हो। 

नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य पछ्याएको पपुवा न्यू गिनी १६.१ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो।

पपुवा न्यू गिनीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे। बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए।

तेस्रो ओभरमै करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा समेटे। त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिए। कप्तान असद भाला ८ र टोली उरा शून्यमा आउट हुँदा पपुवा न्यू गिनी २५–३ को अवस्थामा पुग्‍यो।

त्यसपछि चार्ल्स अमिनी र सेस बाउले ३२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर, अमिनी दशौं ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए। अमिनीलाई दीपेन्द्रले सोमपाल कामीबाट क्याचआउट गराए।

कप्तान सन्दीप लामिछानेले १३औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिए। सन्दीपले ६ रन बनाएका रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए भने नोर्मन भानुअलाई शून्यमै आरिफ शेखबाट क्याचआउट गराए। १४औं ओभरमा दीपेन्द्रले चाड सपरलाई १ रनमा आदिल अन्सारीबाट क्याचआउट गराए। 

पपुवा न्यू गिनीको इनिङ्स एक्लै सम्हालेका सेस बाउलाई करण केसीले १६औं ओभरको दोस्रो बलमा अविनाश बोहराबाट क्याचआउट गराएपछि नेपाल जिततर्फ अघि बढ्यो। त्यही ओभरमा करणले ४ रन बनाएका अबुअ मोरेअलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो। नेपालका लागि दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए। यस्तै, करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए।

दीपेन्द्र र करणले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे। उनीहरुले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए।

दीपेन्द्र नेपालबाट टी२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। दीपेन्द्रले लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन्। यसअघि पपुवा न्यू गिनीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ्स खेलेका थिए। 

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन जोडे। रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दीलिप नाथ शून्यमा समेटिए।

आक्रामक सुरुआत गरेको नेपालले पावरप्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो। तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए।

त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए। तर, १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबावमा आएको थियो।

आसिफ १२औं ओभरको पहिलो बलमा आउट भए। उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शून्यमै आउट भए।

नेपालका तीनै खेलाडीलाई सेमो कमिअले आउट गरे। उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे। १६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए। उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे।

पपुवा न्यू गिनीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। यस्तै, चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए।

नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। लिगमा नेपालले पपुवा न्यू गिनीलाई १५ र ३७ रनले हराएको थियो। मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो। दुई ओडिआई खेलको सिरिजमा भने पपुवा न्यू गिनीले क्लिनस्विप गरेको थियो।

गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टी२० आई सिरिजको उपाधि पनि नेपालले जितेको थियो। नेपालले लिग चरणका चार खेलमा नै जित हात पारेको थियो। 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्