काठमाडौं– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कीर्तिपुरस्थित टियु मैदान पुगेका छन्। त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत नेपाल र पपुवा न्यू गिनीबीचको फाइनल खेल हेर्न उनी सोमबार मैदान पुगेका हुन्।
नेपालले टस हारेर ब्याटिङ गरिरहँदा पारस काउकर्नरमा रहेको मिडिया बक्समा बसेर खेल हेरिराखेका छन्। पारससँगै स्पिनर ललित राजवंशी र कर्णाली प्रदेशका कप्तान रवीन्द्रजंग शाही पनि मैदान पुगेका छन्।
पारसले गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्यास लिएका थिए। उनको कप्तानीमा नेपालले २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो भने २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको थियो।
पारस नेपालबाट टी२० आई र ओडिआई दुवैमा पहिलो शतक प्रहार गर्ने खेलाडी समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।