काठमाडौं– घरेलु टोली नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा पपुवा न्यू गिनीसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पवुदु दासानायकेले आजको खेलमा टोलीमा एक परिवर्तन गरेका छन्। मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन्। मलेसियासँग खेलमा उनको स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको थियो।
नेपाल अपराजित रहँदै घरेलु मैदानमा लगातार दोस्रो पटक त्रिकोणात्मक टी२० आई सिरिज उपाधि जित्ने लक्ष्यमा हुनेछ। यसअघि नेपालले नेदरल्यान्ड्स, मलेसिया सम्मिलित सिरिज जितेको थियो।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर), करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।