काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा ८ मध्ये ७ टोली सेमिफाइनलको दौडमा थिए। त्यहाँ एउटा मात्र टोली सनराइजर्स हैदराबाद थियो, जसको प्रदर्शन निराशाजनक थियो।
सनराइजर्सले आफ्ना १४ खेलमध्ये ११ खेलमा हार बेहोरेको थियो। जारी आईपीएल २०२२ को उद्घाटन राउन्ड हो, तर आफ्नो पहिलो खेलमा सनराइजर्सको टोली निकै कमजोर देखिन्छ। यो सिजनमा सनराइजर्सले अहिलेसम्म एउटा मात्र खेल खेलेको छ र बाँकी टोलीले दुई वा सोभन्दा बढी खेल खेलेका छन् भन्ने तथ्य पनि छ।
पहिलो खेलमा सनराइजर्सले राजस्थान रोयल्ससँग ६१ रनको लज्जास्पद हार बेहोरेको थियो। पहिलो इनिङ्समा सनराइजर्सका बलरहरू नराम्ररी पिटिएका थिए र राजस्थानले २१० बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सनराइजर्सको सुरुआती ओभरमा नै माथिल्लो क्रम ध्वस्त भएको थियो। र, निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रनमा समेटियो।
यो एक खेल थियो, जसमा हार्ने टोली अपेक्षा गरेभन्दा कमजोर देखियो। तर, यो खेलमा सनराइजर्स टोली पुरैको मात्रै कमजोरी देखिएको भन्ने होइन। उसको माथिल्लो क्रमका ब्याट्सम्यान निकै चाँडो प्याभिलियन गए पनि मध्यक्रममा मार्कराम र वाशिङटन सुन्दरले उत्कृष्ट ब्याटिङ गरे। मार्करामले ४१ बलमा ५ चौका २ छक्कासहित ५७ रन बनाए। यस्तै, सुन्दरले १४ बलमा ५ चौका र २ छक्कासहित ४० रनको आक्रमण इनिङ्स खेले।
यदि यी दुई खेलाडीले यो सिजन यही लयलाई जारी राखे सनराइजर्सका लागि निकै सकारात्मक पक्ष हुनेछ। त्यसैगरी, सनराइजर्सको मिडल वा लोअर मिडल अर्डरको कुरा गर्ने हो भने उनीहरूसँग पछिल्लो तीन–चार सिजनभन्दा राम्रो ब्याट्सम्यान उपलब्ध छन्।
तीव्र गतिका बलरहरुको कुरा गर्दा सनराइजर्सका बलरहरुले सुरुआती ओभरहरुमा निकै राम्रो बलिङ गरेका थिए। तर, स्पिनहरुले निकै निराश बनाए। प्रमुख स्पिनर वाशिङटन र अभिषेक शर्माले चार ओभरमा कुल ६२ रन दिए।
यता, लखनऊ सुपर जायन्ट्सले आफ्नो टोलीको ब्याटिङ कति बलियो छ भनेर अन्तिम खेलमा प्रमाणित गरिसकेको छ। उसले सजिलैसँग २२१ रनको लक्ष्य पछ्यायो। चेन्नई सुपर किंग्सविरुद्धको ६ विकेटको जितसँगै लखनऊले अंक तालिकामा आफ्नो खाता खोलेको छ। लखनऊले आफ्नो पहिलो खेल गुजरात टाइटन्सविरुद्ध खेलेको थियो। त्यो खेल निकै रोमाञ्चक थियो। तर, लखनऊले ५ विकेटको हार बेहोर्यो।
सोमबार मुम्बईको डीवाई पाटिल स्टेडियममा हुने खेलमा सनराइजर्स कुनै परिवर्तन नगरी मैदानमा उत्रिनेछ भने लखनऊको टोलीमा एक परिवर्तन हुनसक्छ। उसको मुख्य खेलाडी जेसन होल्डर टोलीमा उपलब्ध छन्, जसले लखनऊको बलिङ र ब्याटिङ दुवैलाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ।
उनले आफ्नो आइसोलेसन अवधि पूरा गरिसकेका छन्। होल्डर वेस्ट इन्डिजको टोलीबाट सिरिज खेलेर आएका हुन्। होल्डरका लागि या त शत्रु चमेरा वा एन्ड्रयू टाई बेन्चमा बस्नुपर्ने हुन सक्छ।
जारी आईपीएलमा धेरै जसो खेलमा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन्। डीवाई पाटिल स्टेडियमको इतिहासले पनि विपक्षी टोलीभन्दा पछि ब्याटिङ गर्ने टोलीले बढी फाइदा लिने गरेको देखाउँछ। आईपीएलमा हालसम्म यस मैदानमा कुल २० खेल खेलिएको छ, जसमा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १२ पटक जितेको छ।
सम्भावित ११
लखनऊ सुपर जायन्ट्स: केएल राहुल (कप्तान), २ क्विन्टन डी कक (विकेटकिपर), ३ मनिष पाण्डे, ४ इभिन लुइस, ५ दीपक हुडा, ६ आयुष बडोनी, ७ क्रुणाल पाण्डे, ८ जेसन होल्डर, ९ दुष्मन्त चमिरा, १० रवि बिश्नोई, ११ आवेश खान
सनराइजर्स हैदराबादः १ केन विलियम्सन (कप्तान), २ अभिषेक शर्मा, ३ राहुल त्रिपाठी, ४ निकोलस पूरन (विकेटकिपर), ५ एडन मार्कराम, ६ अब्दुल समद, ७ रोमारियो शेफर्ड, ८ वाशिंगटन सुन्दर, ९ भुवनेश्वर कुमार, १० उमरान मलिक, ११ टी नटराजन
रणनीति
चेन्नईविरुद्धको पछिल्लो खेलमा दुष्मन्ता चमिरा निकै महँगो साबित भए। ४ ओभर बलिङ गरेका उनले बिना विकेट ४९ रन दिए। तर, लखनऊले उनीहरूमाथि आफ्नो विश्वास कायमै राखेको छ।
चमिराको चेन्नईविरुद्धको खेलमा मात्रै लय बिग्रिएको हो। त्यसभन्दा अगाडि उनले गुजरातविरुद्ध ३ ओभरमा २२ रन दिएर ३ विकेट लिँदै सबैलाई बलिङबाट प्रभावित बनाएका थिए। लखनऊलाई पावरप्लेमा पनि सफलता दिलाए। चमिराले गत वर्ष वेस्ट इन्डिजविरुद्धको तीनवटै टी२० खेलमा निकोलस पूरनको विकेट लिएका थिए।
योसँगै पूरनलाई रवि बिश्नोईविरुद्ध खेल्न पनि गाह्रो छ। पछिल्लो सिजनमा पनि पूरनले राम्रो ब्याटिङ गर्न सकेनन्। उनले १२ इनिङ्समा ८५ रन मात्र बनाएका थिए।
रविले अब्दुल समदलाई ३ इनिङ्समा दुई पटक आउट गरिसकेका छन्। यता, कृणाल पाण्ड्यालाई वासिङ्गटन सुन्दरले दुई पटक प्याभिलियन पठाएका छन्।
केएल राहुललाई नटराजन र सुन्दरलाई भुवनेश्वरको बलमा खुलेर खेल्न धेरै गाह्रो हुन्छ। यता, भुवनेश्वरले मनिष पाण्डेलाई ६ इनिङ्समा ४ पटक आउट गरेका छन् भने रोमारियो शेफर्डले ४ खेलमा ३ पटक होल्डरलाई प्याभिलियनतर्फ डोर्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।