काठमाडौं– अस्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा आयोजना हुने प्रो–क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ।
आयोजक जोरा इन्टरनेसनलले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। च्याम्पियनसिपमा ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी ८ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिता २५ चैतबाट वैशाख ३ गतेसम्म भैरहवामा आयोजना हुनेछ।
आयोजकले अस्ट्रेलियाली लेग स्पिनर वार्नको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको हो। हृदयघातको कारण वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो।
खेल तालिका :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।