काठमाडौं– म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको अंक तालिकामा पुन: शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार सम्पन्न खेलमा खेलमा सिटीले वर्नलीलाई २-० गोलले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा फर्किएको हो।
सिटीको जितमा केभिन डे ब्रुएनाले नवौं मिनेटमा पहिलो गोल गरेका थिए। २५ मिनेटमा गुन्डोगनले सिटीको अग्रता २–० मा पुर्याए। त्यसपछिका समयमा भने दुवै टोटीबाट थप गोल निस्किन सकेन।
यता, अर्को खेलमा चेल्सी भने पराजित भएको छ। चेल्सीलाई ब्रेन्टफोर्डले १-४ गोलले पराजित गर्यो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको सिटीले ३० खेलबाट ७३ अंक जोडेको छ। यता, दोस्रो स्थानको लिभरपुलको ७२ अंक छ। तेस्रो स्थानको चेल्सीको ५९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।