फाइल तस्बिर
काठमाडौं– मध्यक्रमका युवा ब्याटर दीपेन्द्रसिंह ऐरी टी२० आईमा शतक पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन्।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत मलेसियाविरूद्वको अन्तिम खेलमा दीपेन्द्रले शतक पूरा गरेका हुन्।
मलेसियाका लागि २२४ रनको विशाल लक्ष्य खडा गर्न दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११० रनको बिस्फोटक इनिङ्स खेले।
दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए। दीपेन्द्रले सैद अजिजलाई अन्तिम ओभरको चौथो बलमा स्टेटमा सानदार छक्का प्रहार गर्दै शतक पूरा गरे।
उनी नेपालबाट टी२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन्। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी२० आईमा शतक प्रहार गरेका थिए।
यसअघि दीपेन्द्रको टी२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।