काठमाडौं– त्रिकोणात्मक टी२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
टियु क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले टी२० आईमा आफ्नो पाँचौं अर्धशतक पूरा गरेका हुन्।
३६ बल खेलेका उनले ७ चौका प्रहार गर्दै ५० रन बनाए।
जारी सिरिजमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतक हो। यसअघिको उनले पपुवा न्यू गिनीविरुद्ध ३३ बलमा ६६ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।