काठमाडौं- त्रिकोणात्मक टी२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालका युवा ब्याटर रोहित पौडेलले आफ्नो करिअरको पहिलो अर्धशतक पूरा गरेका छन्। रोहितले ३२ बलमा टी२० आई करिअरको पहिलो अर्धशतक बनाएका हुन्।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई गुमाएको छ।
तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशललाई तीव्र गतिका बलर मोहम्मद वाफिकले १२ रनमा एलबीडल्लू आउट गरे। उनले ८ बलमा २ चौका प्रहार गरे।
यता, अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए। उनले ९ बलमा ३ चौका प्रहार गरे।
नेपालका दीपेन्द्रसिंह ऐरी २९ बलमा ५ चौकासहित ३९ रनमा अविजित छन्। तेस्रो विकेटका लागि रोहित र दीपेन्द्रले ९३ रनको साझेदारी गरि सकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।