काठमाडौं- त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पवुदु दासानायकेले आजको खेलमा एक परिवर्तन गरेका छन्।। सोमपाल कामीलाई फाइनलको लागि आराम दिँदै युवा खेलाडी कमलसिंह ऐरीलाई मौका दिएका छन्।
आजको खेलमा मलेसिया डू अर डाइको स्थितिमा मैदान उत्रने छ। आज नेपालसँग पराजित भए मलेसिया फाइनल पुग्नबाट बञ्चित हुनेछ।
मलेसियाले आफ्नो पहिलो खेलमा पपुवा न्यू गिनीलाई ८ रनले पराजित गरेको थियोे। तर, नेपालसँग ६ विकेट र पपुवा न्यू गिनीसँग ८ विकेटले पराजित भयो।
मलेसिया र पपुवा न्यू गिनीले समान १/१ खेल जितेपनि रनरेटको आधारमा पीएनजी अगाडी छ। तीन खेलमा तीन जित निकालेको नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुगिसकेको छ।
नेपालले पहिलो खेलमा पपुवा न्यू गिनीलाई १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो। मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।