काठमाडौं- त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्मपन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले दिएको १९७ रनको विजय लक्ष्य पपुवा न्यूगिनीले १३ बल बाँकी छँदै पूरा गरेको हो। दुई विकेटको क्षतिमा पपुवा न्यूगिनीले विजय लक्षय पार गरेको हो।
पपुवा न्यूगिनीको जितमा टोनी उराले ३४ बलमा ८६ रन तथा कप्तान असद भालाले ५१ बलमा ७४ रनको योगदान गरेका थिए।
त्यसअघि मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक/एक विकेट लिए। अहिले पपुवा न्युगिनी जवाफी व्याटिङमा उत्रेको छ। उसले १३ ओभरमा दुई विकेटको क्षतिमा ११८ रन बनाएको छ। जारी सिरिजमा नेपाल तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।
नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ। दुई टोलीबीचको खेलले फाइनल टोलीको टुंगो लाग्ने छ। नेपालले मलेसियामाथि जित दर्ता गरे पपुवा न्यूगिनी फाइनलमा पुग्नेछ भने मलेसिया विजयी भए फाइनलमा नेपालसँग प्रतिस्पर्धा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।