काठमाडौं– सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइने खानेपानीमन्त्री उमाकान्त चौधरीले बताएका छन्। बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।
प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौं झार्ने सरकारी लक्ष्यअनुसार काम गर्न निर्देशन दिएका हुन्। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।
आयोजनाको १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको आयोजनाले जनाएको छ।
सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्र्याक्टर एस के कन्स्ट्रक्सनले जनाएको छ। लेदो सफा गरेको एक हप्ताजतिमै मेलम्चीको पानी काठमाडौं पु¥याउन सकिने जनाइएको छ।
काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको असार १ र साउन १७ गतेको बाढीले क्षति पुर्याएको थियो। त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।