काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने ‘द हण्ड्रेड’को ड्राफ्टमा तेस्रो पटक परेका छन्।
इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने १०० बलको फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा यसअघि दुईपल्ट छानिए पनि विभिन्न कारणले उनी सहभागि हुन् पाएका थिएनन्।
ड्राफ्टमा सन्दीप ६० हजार पाउण्डको क्याटागोरीमा परेका छन्। यो क्याटागोरीमा वेष्ट इण्डिजका सिमसन हेटमायर, दक्षिण अफ्रिकाका केन रिचर्डसन, अस्ट्रेलियाका एडम जाम्पालगायतका खेलाडीहरु छन्।
ड्राफ्ट आगामी सोमबार हुनेछ। ड्राफ्टमा १६ देशका २८४ जना खेलाडीलाई समावेश गरिएको छ।
हरेक टोलीमा १५ जना खेलाडी हुनेछन्। आगामी प्रतियोगिताका लागि सहभागी आठवटै टोलीले अधिकांश खेलाडी रिटेन गरेका छन्। त्यसैले सोमबारको ड्राफ्टमा ४२ खेलाडीका लागि मात्र स्थान मिल्नेछ।
सन् २०२० का लागि तय भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो। उक्त समय सन्दीप ओभल इन्भेन्सीवल्सका लागि ड्राफ्टबाट अनुबन्धित भएका थिए।
कोरोनाका कारण सरेको प्रतियोगिता गत असारमा आयोजना भएको थियो। ६० हजार पाउण्डमा अनुबन्धित भएका सन्दीप इंग्ल्याण्ड पुगेर पनि भिसा समस्याका कारण प्रतियोगितामा सहभागी हुन पाएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।