काठमाडौं– नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसीले टी२० आईमा ५० विकेट पूरा गरेका छन्।
बिहीबार पपुवा न्यू गिनीविरूद्वको खेलमा १ विकेट लिँदै उनले करिअरकै ५० विकेट पूरा गरेका हुन्।
उनले पहिलो ओभरको चौथो बलमा लेगा सिकाको विकेट लिएका थिए। करणले सन् २०१५ मा नेदरल्यान्डससँगको टी२० आई खेलमार्फत् नेपाली टोलीमा डेब्यू गरेका हुन्।
टी२० आई क्रिकेटमा ५० विकेट पूरा गर्ने करण नेपालका दोस्रो खेलाडी हुन्।
यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।