काठमाडौं- युवा अलराउन्डर आदिल अन्सारीले नेपाली टोलीमा डेब्यू गरेका छन्।
अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत पपुवा न्यू गिनीसँग नेपालले दोस्रो खेल्नुअघि आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू दिएका हुन्।
आदिल विष्फोटक ब्याटर हुन। आदिलले एपिएफविरुद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रनको इनिङ्स खेलेका थिए।
यस्तै, गत डिसेम्बरमा यू–१९ एसिया कपमा कुवेतविरुद्ध ४९ रन जोडेका थिए।
यू–१९ राष्ट्रिय प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशविरूद्व ४३ बलमा ७ चौका र ६ छक्कासहित ८७ रनको विष्फोटक इनिङ्स खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।