काठमाडौं– घरेलु टोली नेपालले अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० आई सिरिजको दोस्रो खेलमा मलेसियासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
मुख्य प्रशिक्षक पबुदु दासानायकेले आजको खेलमा एक खेलाडी परिवर्तन गरेका छन्। उनले युवा ब्याटर लोकेश बमको स्थानमा दिलिप नाथलाई खेलाउने छन्।
दिलीपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन्।
दिलीपले २०१७ मा युएईविरुद्ध नेपाली सियिनर टोलीमा डेब्यू गरेका थिए। त्यसपछि उनी २०१८ को एकदिवसीय विश्वकप छनोटमा जिम्बावे भ्रमणमा नेपाली टोलीमा थिए। उनले त्यसै भ्रमणमा स्कटल्यान्डविरुद्ध नेपालबाट अन्तिम खेल खेलेका थिए। उनले ९ लिष्ट ए खेलमा ९७ रन बनाएका छन्।
सिनियर टोलीमा ओपनरको रुपमा खेले पनि उनले घरेलु क्रिकेटमा तल्लोक्रममा खेल्दै आएका छन्। नेपाल पहिलो खेलमा १५ पपुवा न्यू गिनीलाई १५ रनले पराजित गरेको थियोे। मलेसियाले पनि पपुवा न्यू गिनीलाई ८ रनले हराएको थियो।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, दिलीप नाथ, कुशल मल्ल र रोहित पौडेल ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।