काठमाडौं- बायाँ हाते ब्याटर दीलिप नाथले टी२० आईमा डेब्यू गरेका छन्।
त्रिकोणात्मक टी२० आई सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध खेल्नुअघि पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन्।
दीलिपले २०१७ मा युएईविरुद्ध नेपाली सियिनर टोलीमा डेब्यू गरेका थिए। त्यसपछि उनी २०१८ को एकदिवसिय विश्वकप छनोटमा जिम्बावे भ्रमणमा नेपाली टोलीमा थिए। उनले त्यसै भ्रमणमा स्कटल्यान्डविरुद्ध नेपालबाट अन्तिम खेल खेलेका थिए। उनले ९ लिष्ट ए खेलमा ९७ रन बनाएका छन्।
सिनियर टोलीमा ओपनरको रुपमा खेलेपनि उनले घरेलु क्रिकेटमा तल्लोक्रममा खेल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।