काठमाडौं– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेल मलेसियासँग खेल्दै छ। नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। घरेलु मैदानमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई हराएको थियो।
मलेसियाले पनि पहिलो खेलमा समेत पिएनजीलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो। तालिकामा दुवै टोलीको दुई अंक छ।
यसअघिको ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एकपटक विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।