काठमाडौं– रोयल च्यालेन्जर्स बैंगलोरका पूर्वकप्तान विराट कोहलीले आफ्नो टोलीले पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेमा एबी डिभिलियर्सलाई सम्झेर ‘अत्यन्तै भावुक’ हुने बताएका छन्।
दक्षिण अफ्रिकाका दिग्गज डिभिलियर्सले २०११ देखि २०२१ सम्म बैंगलोरबाट आईपीएल खेलेका थिए। गत वर्ष नोभेम्बरमा उनले सबै प्रकारका क्रिकेटबाट सन्यास लिने निर्णय गरेका थिए।
बैंगलोरले पोस्ट गरेको भिडियोमा विराटले भनेका छन्, ‘यदि हामीले यो उपाधि जित्यौं भने म उहाँलाई धेरै मिस गर्नेछु र म धेरै भावुक हुनेछु। यति वर्षको मिहिनतको फल हुनेछ। खुसी हुनेछु, तर उहाँलाई पहिले मिस गर्नेछु। घरबाट हेर्दा पनि यो ठूलो कुरा हुनेछ।’
गत सिजनपछि विराटले बैंगलोरको कप्तानी छाड्ने निर्णय गरेका थिए। डिभिलियर्सको सन्यासको घोषणाको समयको स्मरण गर्दै उनले भने,‘मलाई प्रष्ट रूपमा याद छ, जुन दिन उहाँले यो निर्णय लिनुभयो हामी विश्वकपपछि दुबईबाट फर्किरहेका थियौं। उहाँको भ्वाइस नोट आयो र मलाई थाहा भयो। मैले गत आईपीएलमा सन्यास लिनुहुन्छ भन्ने सोचेको थिए।’
उनले डिभिलियर्स र आफू कोठाको एकअर्काको छेउमा एउटै बाटोमा हिँड्दै गर्दा छुटिएको झै लागेको बताएका छन्। यस्तै, विराटले डिभिलियर्ससँग भेट्न अफ्ठेरो महसुस गरेको पनि बताएका छन्।
‘मलाई देखेर उहाँले सधैं भन्नुहुन्थ्यो हामी एक दिन सँगै कफी खानुपर्छ, बस्नुपर्छ। म सधैं उहाँलाई भन्थें मलाईं अफ्ठेरो महसुस हुन्छ। उहाँले केहि घोषणा गर्न लागेको जस्तो भान हुन्थ्यो। तर, उहाँले त्यस्तो होइन म तिमीसँग कुरा गर्न चाहान्छु भनुनुहुन्थ्यो,’ विराटले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।