काठमाडौं– टी२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यू गिनीविरूद्व ब्याटिङ गरिरहेको घरेलु टोली नेपालले पहिलो विकेट गुमाएको छ।
टियु क्रिकेट मैदानमा पपुवा न्यू गिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङ उत्रिएको हो।
नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको छ। ११ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका भुर्तेल रनआउट भए।
दोस्रो ओभरको तेस्रो बलमा आशिफ शेखले चाद सोपरको बललाई पुस गर्दै दौडिएका थिए। तर, भुर्तेल विकेट किपरतिर पुग्नुभन्दा अगाडि नै सोपरले रन आउट बनाए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।