फाइल तस्बिर
काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले आज (सोमबार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दै छ।
नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजी सामना गर्नेछ। नेपाल र पीएनजीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहनेछ। तर, पीएनजीलाई हराउन सहज छैन।
नेपाल र पीएनजी दुवैले एक एक पटक टी–ट्वान्टी विश्वकप खेलेका छन्। नेपालले सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेल्दा पीएनजीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो।
पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन। नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ। नेपालले त्रिवि क्रिकेट मैदानमा ८ खेल खेल्दा ७ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।