काठमाडौं- पपुवा न्यू गिनीविरुद्धको दोस्रो तथा अन्तिम ओडिआई खेलमा नेपालले २७९ रनको लक्ष्य दिएको छ।
शनिबार नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २७८ रन जोडेको हो।
दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेल्लै १०५ रन जोडेका थिए। ओडीआईमा नेपाली खेलाडीले प्रहार गरेको यो तेस्रो शतक हो।
त्यस्तै देव खनालले ७२ रन जोड्दा रोहित पौडेल ३५ रनमा आउट भएका थिए।
नेपालले पहिलो इनिङमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि ओमानविरुद्ध नेपालले कीर्तिपुर मैदानमै २४९/८ रन बनाएको थियो। तर, त्यो खेल नेपालले गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।