काठमाडौं- एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो खेलमै अर्धशतक प्रहार गरेका युवा क्रिकेटर देव खनाल आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार पपुवा न्युनिगीसँगको खेलमा खनाललाई वि अमिनिले एलबिडब्ल्यू गरेका हुन्।
खनालले ८४ बल खेल्दै ७२ रन जोडेका थिए। उनले शुक्रबारको खेलमा आईडीआई डेब्यू गरेका थिए।
पहिलो खेलमा ६ बल खेलेर शून्यमा आउट भएका उनले आज दोस्रो खेलमा शानदार प्रदर्शन गरेका हुन्। नेपालले ३१ ओभरको समाप्तिमा १३७ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।