काठमाडौं- नेपालले पपुवा न्यू गिनीविरुद्धको दोस्रो तथा अन्तिम ओडिआई खेलमा टस जित्दै ब्याटिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
पहिलो खेलमा पपुवा न्यू गिनी ६ रनले विजयी भएको थियो। योसँग पपुवा न्यू गिनीले ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ। नेपाललाई सिरिज बराबरीमा सक्न आजको खेल जित्नुपर्ने हुन्छ।
नेपाललेआजको खेलमा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर कमलसिंह ऐरीको स्थानमा विक्रम सोबलाई खेलाएको छ।
नेपालको प्लेइङ–११ :
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने र पवन सरार्फ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।