काठमाडौं- नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा बराबरी गर्न चाहन्छ। पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न दाउमा रहेको छ।
दुई खेलको एकदिवसीय सिरिजमा पीएनजी १-० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।
पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ। सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।