काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट सुरु हुँदैछ। आईपीएल अन्तर्गत पहिलो दिन आज एक खेल हुने कार्यतालिका रहेको छ।
वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।
चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुबै टोली जित निकाल्दै नयाँ सिजनको सुखद् सुरुआत गर्ने योजनामा छन्।
यस सिजनको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ। लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।