काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्यू गिनीसँगको पहिलो खेलमा नेपाललाई चौथो सफलता दिलाएका छन्। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले चार विकेट गुमाएको छ।
तीब्र गतिका बलर सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराएका थिए। लेगा सियाकालाई बेन्चमा राख्दै पपुवा न्यू गिनीले हिरीलाई ओपनिङ गराएको थियो।
यता, मिडियम फास्ट बलर दीपेन्द्रसिंह ऐरीले १२औं ओभरको अन्तिम बलमा सेट भइसकेका ओपनर टोनी उरालाई भीम सार्कीबाट क्याच गराए। उनले ४७ बलमा ६ चौकासहित ३८ रनमा बनाए।
२-७० को स्थितिमा रहेको पपुवा न्यू गिनीको इनिङ्स कप्तान आसाद भालाले उकासेका थिए। उनले ५५ बलमा ११ चौकासहित ६० रन जोडे।
तर, उनलाई २५ औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड गरे। लगत्तै सेसे बाउ पनि कुशल भुर्तेलबाट क्याच आउट भए।
उनलाई २६ औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भुर्तेलबाट क्याच गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।