काठमाडौं– मिडियम फास्ट बलर दीपेन्द्रसिंह ऐरीले पपुवा न्यू गिनीसँगको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता दिलाएका छन्। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले दुई विकेट गुमाएको छ।
तीब्र गतिका बलर सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराएका थिए। लेगा सियाकालाई बेन्चमा राख्दै पपुवा न्यू गिनीले हिरीलाई ओपनिङ गराएको थियो।
यता, दीपेन्द्रले १२औं ओभरको अन्तिम बलमा सेट भइसकेका ओपनर टोनी उरालाई भीम सार्कीबाट क्याच गराए। उनले ४७ बलमा ६ चौकासहित ३८ रनमा बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।