काठमाडाैं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आगामी कात्तिकभित्र गरिने भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित थप छ वटा विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएसँगै पोखराको उडानको कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणको भनाइ छ।
एरो थाई कम्पनीले गौतमबुद्धसहित थप छ वटामा गरिने यान्त्रिक उडान सम्पन्न गरेपछि थप बाँकी विमानस्थलको क्यालिब्रेसन उडान पोखरासँगै गरिने जनाएको छ। नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये भैरहवामा प्रत्येक ६÷६ महिना र बाँकी ३४ वटामा भने प्रत्येक वर्षमा क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ।
आइएलएफ सिष्टम जडित विमानस्थलमा ६÷६ महिनामा गर्नुपर्ने हुन्छ नेपालमा यो भैरहवा विमानस्थलमात्र रहेको र बाँकी भिओआर पिएनइ सिष्टम जडान रहेकाले एक÷एक वर्षमा गर्नुपर्ने हुन्छ। जडित सामग्रीहरु प्राविधिक रुपमा ठीक छ छैन भनेर जाँच गर्न यो उडान गर्ने गरिन्छ। देशभरका विमानस्थलमध्ये गौतमबुद्ध अन्तर्रारष्ट्रिय विमानस्थलमा अन्य विमानस्थलभन्दा नयाँ प्रविधिका सामग्री जडान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।