फाइल तस्बिर
काठमाडौं– नेपालले पपुवा न्यू गिनीसँगको पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
शुक्रबार टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। त्यसअघि सन्दीपले युवा ब्याटर देव खनाललाई डेब्यू क्याप दिएका थिए।
पपुवा न्यू गिनीसँग पहिलोपटक घरेलु मैदानमा हुन लागेको खेलमा नेपाल लगातार छैटौं जित हात पार्ने सोचमा छ। सन् २०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो। त्यसयता नेपालले पपुवा न्यू गिनीसँग हार बेहोरेको छैन।
ओडिआईमा नेपाल र पपुवा न्यू गिनीबीच हालसम्म चार खेल भएका छन्। चारै खेलमा नेपाल विजयी भएको छ। यसै साता नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्यू गिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो।
गत असोजमा दुवै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले हराएको थियो। नेपाल राष्ट्रिय टोलीले घरेलु मैदानमा दुई वर्षपछि ओडिआई खेल खेल्न लागेको हो।
यसअघि नेपालले सन् २०२० मा आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग खेलेको थियो। अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो।
नेपालको प्लेइङ–११ :
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।