काठमाडौं– चौंथो संस्करणमा सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ।
राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो।
राजविराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य खडक वारियर्सले ७ बल बाँकी छदै ६ विकेट क्षतीमा भेटायो। खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए। उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
यस्तै, अरनिको यादवले ५० रन बनाए। उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
राष्ट्रिय क्रिकेटरसमेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।
राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दिपेश कंडेलले समान दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन।
टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षतीमा १३९ रन बनायो। उसको लागि ओपनर अमितकुमार यादवले सर्वाधिक ३९ रन बनाए।
यता, प्रशान्त सिंहले २७ तथा निरजकुमार यादवले २६ रन बनाए। खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तीन विकेट लिए।
खेलको प्लेयर ‘अफ द म्याच’ खडक वारियर्सका अरनिको यादव घोषित भए। प्रतियोगिता अन्तर्गत दोस्रो दिन शुक्रबार दुई खेल हुनेछन्।
पहिलो खेलमा बिहान ९ बजे किंग्स राजविराज र राजविराज द किंग्स तथा दोस्रो खेलमा दिउँसो १ बजे खडक वारियर्स र तिलाठी कोइलाडी जायन्ट्स प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।