काठमाडौं– पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ का लागि मयंक अग्रवाललाई कप्तान नियुक्त गरेको छ।
मयंकले आफ्नो साथी केएल राहुलबाट कप्तानी लिनेछन्, जो आगामी सिजनको लागि लखनऊ सुपरजायन्ट्समा आवद्ध भएका छन्।
आईपीएल २०२२ मेगा अक्सन अघि पञ्जाब किंग्सले मयंकलाई १२ करोडमा रिटेन गरेको थियो।
उनी विगत केही सिजनमा पञ्जाब किंग्सको अभिन्न अंग बनेका थिए र पछिल्लो सिजनमा केएल राहुलको अनुपस्थितिमा पनि टोलीको नेतृत्व गरेका थिए।
यता, चेन्नाई सुपर किंग्सले रविन्द्र जडेजालाई कप्तान नियुक्त गरेको छ। महेन्द्रसिंह धोनीले कप्तानीबाट राजीनामा दिएपछि अब उनको स्थानमा जडेजाले टोलीको नेतृत्व गर्ने छन्।
धोनी आईपीएलको पहिलो संस्करणदेखि नै चेन्नाईको कप्तान थिए। यस अवधिमा उनले टोलीलाई चार पटक आईपीएल ट्रफी जिताएका थिए।
चेन्नाईको आधिकारिक वेबसाइटले समाचारको पुष्टि गर्दै भनेको छ, ‘धोनी चेन्नाई सुपर किंग्सबाट खेल्न जारी राख्नेछन् र जडेजा टोलीको दोस्रो कप्तान हुनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।