काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको एकदिवसिय वरीयतामा ५ स्थान सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो वरीयताक्रम अनुसार लामिछानेको बलिङतर्फको वरीयतामा ५ स्थान सुधार भएको हो।
लामिछाने बलिङ वरीयतामा ६१औं स्थानमा उक्लिएका छन्। यसअघि उनी ६६औं स्थानमा रहेका थिए।
एकदिवसिय वरीयताको शीर्ष एकसयमा नेपालबाट केवल लामिछाने मात्रै अटाएका छन्। ब्याटिङतर्फ कुनै पनि खेलाडी शीर्ष एकसय भित्र परेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।