काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लखनउ सुपर जाइन्ट्सको टोलीमा छनोट भएपछि जिम्बाबे क्रिकेट टोलीका फास्ट बलर ब्लेसिङ मुजारबानीले आफ्नो बाल्यकालको सपना साकार भएको बताएका छन्।
आईपीएलमा लखनउ सुपर जायन्ट्सको टोलीले मुजारबानीलाई आफ्नो टोलीमा समावेश गरेको छ। इंग्ल्यान्डका फास्ट बलर मार्क वुडको स्थानमा मुजरबानीलाई टोलीमा राखिएको हो। वेस्ट इन्डिज र इङ्ल्यान्डबीच जारी टेस्ट सिरिजका क्रममा वुड घाइते भएका थिए। जसकारण उनी आईपीएलबाट बाहिरिएका थिए। तर, अब उनको स्थानमा जिम्बाबेका खेलाडी आईपीएलमा सहभागी हुने भएका छन्।
मुजराबानीले भने, ‘लखनऊ सुपर जायन्ट्सको टोलीलाई धन्यवाद, जसले ममाथि भरोसा राख्यो र मलाई यति ठूलो अवसर दियो। विश्वको सबैभन्दा ठूलो टी(२० लिग खेल्न आईपीएल खेल्ने मेरो बाल्यकालको सपना थियो। अब मेरो सपना साकार हुनेछ र म धेरै खुसी छु।’
दाहिने हाते फास्ट बलर मुजरबानी ८ वर्षपछि आईपीएलमा सहभागी हुने पहिलो जिम्बाबेली क्रिकेटर बनेका छन्। मुजराबानी अघि ताटेन्डा ताइबु, रे प्राइस र ब्रेन्डन टेलरलाई आईपीएल फ्रेन्चाइजमा छनोट गरिएको थियो।
हरारेमा जन्मेका मुजारबानीले जिम्बाबेको प्रतिनिधित्व गर्दै ६ टेस्ट, ३० एकदिवसीय र २१ टी–२० खेलेका छन् भने ८३ अन्तर्राष्ट्रिय विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।