काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ल अन्तिम ११ मा छैनन्। ज्ञानेन्द्र पहिलो पटक अन्तिम ११ मा नपरेका हुन्। यसअघि नेपालले खेलेका सबै ओडीआई खेल्ने दुई क्रिकेटर ज्ञानेन्द्र र सन्दीप लामिछाने मात्र थिए।
युवा ब्याटर भीम सार्कीले ओडीआईमा डेब्युको मौका पाएका छन्। भीमले घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले मध्यक्रममा ब्याटिङ गर्नुको साथै पार्टटाइम स्पिनरका विकल्प हुन्। भीमबाट नेपालले मध्यक्रममा राम्रो ब्याटिङको आशा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।