काठमाडौं– नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
पछिल्लो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो। नेपाल त्यसपछिका दुबै खेलमा घरेलु टोली युएईसँग पराजित भएको थियो। ब्याटिङमा नेपालको प्रदर्शन सम्झन लायक छैन।
लगातार खराब ब्याटिङ गर्दै आएको नेपालमाथि पपुवा न्युगिनी जित निकाल्ने सोचमा हुनेछ पछिल्लो खेलमा युएईलाई हराएको हुँदा पपुवा न्युगिनीको मनोबल उच्च छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।