फाइल तस्बिर।
काठमाडौं– नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) को खेलमा पुनरागमन गरेको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएईको महत्त्वपूर्ण ४ विकेट लिँदै नेपालले पुनरागमन गरेको हो।
युएईका ओपनर मोहम्मद वासिम ३३ रनमा आउट भए। उनलाई १५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एडबीडब्लू आउट गराए। वासिमले आउट हुनुपूर्व ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे।
उनले पहिलो पावर प्लेमा चिराग सुरीसँग मिलेर ५७ रनको साझेदारी गरेका थिए।
सुरीले १८औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनी फास्ट बलर करण केसीको बललाई ब्याक साइडमा कट आउट गर्ने क्रममा विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच आउट भएका हुन्।
आउट हुनुपूर्व उनले ५४ बल खेल्दै ३ चौकाका साथ २६ रन बनाए। यता, २२औं ओभरको पहिलो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले सिपी रिजवानलाई ४ रनमा विनोदबाट क्याच गराए।
यस्तै, ३१औं ओभरको दोस्रो बलमा युवा ब्याट्सम्यान वृत्य अरविन्द २४ रनमा आउट भए। उनलाई आरिफ शेखले बोल्ड गरे। उनले आउट हुनुपूर्व ४५ बलमा १ चौका प्रहार गरे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पबुदु दासानायकेले आजको खेलमा युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखेका छन्। विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई प्लेइङ-११ मा मौका दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।